१० चैत,
बाँके : बाँकेको राप्ति सोनारी गाउँपालिका वडा नं. १ साविक कुसुममा रहेको पिपल चौताराले करिव ५ दशक भन्दा लामो ईतिहास बोकेको स्थानीयहरुले दाबि गरेका छन्।

स्थानीयका अनुसार, चौतारा झन्डै ५० वर्ष भन्दा पुरानो भईसक्दा पनि आजका दिनसम्म कुनै पनि सरोकार वाला, जनप्रतिनिधिहरुको ध्यानाआकर्षण नभएपछि चौतारालाई व्यवारिसे अवस्थामा राखिएको बताए। यद्यपी चौतारामाथि ५० वर्षको अवधिसम्म कुनैपनि सथानीय सरकारको ध्यानाआकर्षण नभएको प्रष्ट देखिएको छ।

उक्त बजारमा रहेको पिपल चौतारामाथि नेकपा एमाले राप्ति सोनारी गाउँपालिका कमिटि अध्यक्ष कमरेड मनोज के.सी को पूर्ण आर्थिक सहयोग र युवाहरुको पहलमा प्रत्यक्ष व्यवस्थापन, अनुगमन र निर्देशनमा पुर्निनिर्माण/मर्मतको काम भईरहेको छ।

पालिका अध्यक्ष के.सी को सक्रियतालाई सम्मान प्रशंसा गर्दै अव आउने निर्वाचनमा स्थानीय जनताहरुले बहुमुल्य भोट दिएर अत्याधिक बहुमतले बिजय गराउने आसवासन समेत दिएका छन्। अध्यक्ष के.सी भनछन्, “आफ्नो अगाडि रहेका पाटी पौवा, चौतारा, टोइलेट, मठ मन्दिर, विद्यालय जस्ता इत्यादि कुराहरुको राम्रो रेखदेख र व्यवस्थापन गर्न नसक्ने लाई भोट किन ? र के का लागि आवश्यक रहेको छ ? प्रश्न माथि प्रश्न गर्दै आउने निर्वाचनमा स्थानीय सरकार नेकपा एमालेकै हुनु पर्छ, र हाम्रो गौरव शालि पार्टी नेकपा एमालेलाई बिजयी गराउन अनुरोध गरेका छन्।”

२०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका चन्द्र बहादुर ओली लगाएत अन्य जनप्रतिनिधिहरुको उक्त चौतारा माथि ध्यानाआकर्षण नभएपछी अहिलेको अवधिसम्म चौतारालाई व्यवारिसे अवस्थामा छोडिएको थियो। यद्यपी सरोकार वाला जनप्रतिनिधिहरु जनताको बहुमुल्य भोट पाएर निर्वाचित भएपछि विश्राम गरेर गएको ५ वर्ष विताएका छन्। विडम्बना ति जनप्रतिनिधिहरू जो आफ्नो ठाउँको प्रतिनिधित्व गर्दै विकास र निकासका नारा जोरसँग उठाएका थिए, आज ५ वर्ष पुरा हुदै गर्दा अर्को आउने निर्वाचनमा स्थानीय सरकारका लागि मरी हत्य गरी लागिपरिरहेको छन्। यस्ता जनप्रतिनिधिहरुबाट राप्ति सोनारी गाउँपालिकाका जनताहरु सजक र सर्तक हुन एकदमै जरुरि देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय