८ चैत,
बाँके : बाँकेको नरैनापुर गाउँपालिकामा मदन भण्डारी स्पोर्टस एकेडेमीको अधिवेशन सम्पन्न गरिएको छ।

राष्ट्रिय युवा संघ नेपाल बाँकेका सचिव तथा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष कमरेड रमेश मिजारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रिय सदस्य कमरेड खड्क बहादुर राना (बुदे) र नेकपा एमाले नरैनापुर गाउँपालिकाका अध्यक्ष कमरेड पन्चराम यादव सहभागी भएका थिए।

उक्त कार्यक्रममा सम्बोधन गर्दै मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रिय सदस्य कमरेड खड्क बहादुर राना (बुदे) ले भने, ‘राष्ट्रको विकाश र समृद्धीका लागि खेल अति आवश्यक रहेको साथै अस्तिर राजनीतिका कारण देशको भरिपुर्ण विकाश नभएको भन्दै उनले त्यसको परिपूर्ति मदन भण्डारी स्पोर्टस एकेडेमीले गर्ने बताएका छन्।’

राना (बुदे) का अनुसार, नरैनापुर गाउँपालिकामा वडा स्तरिय क्रिकेट प्रतियोगिता कार्यक्रम मदन भण्डारी स्पोर्टस एकेडेमी द्वारा चैत महिना भित्रै गरिने बताए। यद्यपी खेलकुदलाई खेलाडी मात्रका लागि नभई आम नागरिकको स्वास्थ्य र मनोरंजनका लागि ठुलो अहम भूमिका रहेको बताएका छन्।

नरैनापुर गाउँपालिकामा मदन भण्डारी स्पाेर्टस एकेडेमीको अधिवेशनबाट अध्यक्ष खेम राज यादवसहित २५ सदस्यीय पालिका कमिटी गठन गरिएको छ। राष्ट्रिय युवा संघ नेपाल बाँकेका सचिव तथा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष कमरेड रमेश मिजारले नवनिर्वाचित सम्पूर्ण कमरेडहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना समेत दिएका छन्।

कार्यक्रममा नेकपा एमाले राप्तिसोनारी गाउँपालिका सदस्य कमरेड दिपक कुमाल, अखिल नेपाल किसान संघका अध्यक्ष कमरेड विजलाल यादव, पालिका सदस्य राजु कुमारी तिवारी लगाएत अन्य युवाहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय