मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले परियोजनाअन्तर्गत सबस्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न सूचना जारी गरेको छ। उक्त अधिग्रहण गरिएका जग्गामा ४०० केभी रातमाटे सबस्टेसन निर्माणको काम अघि बढाउनुपर्ने भएकाले जग्गा खाली गर्न आग्रह गरिएको छ।
अधिग्रहण गरिएका घरजग्गाको मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू समेत निर्धारण भई वितरण तथा जग्गाको लगत कट्टा एवं नामसारी समेत भइसकेको एमसिएले जनाएको छ। रासस
सूचना प्रकाशित गरिएको विज्ञप्तिसहित हेर्नुहोस्