राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको प्रस्थितिमा देशले परिवर्तनसँगै विकल्प खोजेको बताएका छन् । आमसभा भेलाको कार्यक्रममा उनले जनताले देश हाँक्ने दल र नेतृत्वको विकल्प खोजेको बताए।
अध्यक्ष लिङ्देन भनछन्, “देश चलाइरहेका र चलाइसकेका दलहरुबाट जनताले आशा र भरोसा पाउन सकेनन्, त्यसैले जनताले विकल्प खोजेको बताए।
यद्यपी जनताले चाहेको विकल्प राप्रपा नै हो, अबको निर्वाचनमा राप्रपा शक्तिशाली पार्टीका रूपमा उदाउने बताएका छन्।



उनले भने, ‘कांग्रेस र कम्युनिष्टले जनताको भावनानुसार काम गर्न सकेनन्, जनतालाई परिवर्तनको आभाष दिन र विकास गर्न राप्रपालाई जनताले विश्वास गर्ने दाबी गरेका छन्।’
उक्त कार्यक्रममा उपाध्यक्ष विक्रम पाण्डे, सहमहामन्त्री रवीन्द्रप्रताप शाह, प्रवक्ता सगुनसुन्दर लावती, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य एवं नायिका रेखा थापालगायतले अबको स्थानीय तहदेखि प्रदेश र संसदीय निर्वाचनमा राप्रपालाई जनताले खोजेको विकल्पसहितको शक्तिशाली पार्टी बनाउन सबैलाई लाग्न आग्रह अनुरोध समेत गरेका छन्।












