५ चैत,
बाँके : बाँकेको राप्तिसोनारी गाउँपालिकामा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रथम गाउँपालिका अधिवेशन सम्पन्न भएको छ।

लोकतान्त्रिक आदिवासी, जनजाति महासंघकी जिल्ला कमिटी उपाध्यक्ष सुधा थारुको अध्यक्षतामा प्रथम गाउँपालिका अधिवेशन कार्यक्रम सम्पन्न गरिएको हो। उक्त कार्यक्रममा प्रमुख अथिति प्रदेश कमिटि सदस्य कमरेड रामदास थारु, जिल्ला कमिटि सदस्यहरु तुलसी थारु, अंकित श्रेष्ठ, चमेली बागबग, र पालिका कमिटि सदस्य तथा कार्यक्रम संचालिका समेत भएकी सुधा चौधरीको उपस्थिति रहेको थियो।

नेकपा एमाले राप्तिसोनारी गाउँपालिका कमिटी अधकक्ष कमरेड मनोज के.सी ले सोहि कार्यक्रममा सम्बोधन गर्दै भने, ‘हाम्रो पालिकामा जनजाति, आदिवासी सबै जनताहरू सचेत भइसकेको र अब कुनै पनि पार्टीले झुक्याए आउने निर्वाचनमा भोट नपाउने बताएका छन्।’ यद्यपी यो वर्गका जनताहरु सजक, सत्रक र बुझी सकेका छन्। ‘उनले भने’

पालिका कमिटि अध्यक्ष के.सी. भनछन्, “हाम्रो गौरब साली पार्टी जनताबाट जन्मिएर, जनताकै माझमा हुर्केको पार्टी भएकाले जनताको हरेक समस्यालाई आत्म सात गर्दै अगाडि बढ्ने बताएका छन्।” सोहि कार्यक्रममा उपस्थित भएका स्थानीय अंगारे थारु (रतगैया) भन्छन् अहिलेको जस्तै सक्रिय अध्यक्ष अघिल्लो निर्वाचनमा भइदिएको भए अघिल्लो स्थानीय सरकार नेकपा एमालकै हुने थियो।” ‘उनले भने’

नेकपा एमाले राप्तिसोनारी गाउँपालिका स्तरीय लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रथम गाउँपालिका अधिवेशनबाट नवनिर्वाचित भएका अध्यक्षमा पिताराम थारु, उपाध्यक्ष मायाराम पुन, सचिव प्रेम थारु, सह-सचिव सन्तराम चौधरी, कोषाध्यक्ष शोभा थारु र सदस्यहरुमा नयाँराम थारु, बिर बहादुर थारु, जिहाली बुढा मगर, सिशराम थारु, देवराज घर्ति, लाल बहादुर थारु, फुलराम थारु, जित बहादुर थारु लगाएत अन्य सदस्यहरु सहित २७ जना कमिटि सर्वसम्मत चयन भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय