५ चैत,
बाँके : बाँकेको कोहलपुरमा दुई साता देखि थुप्रिएको फोहोरको व्यवस्थापन नहुदा फोहोरै फोहोरको बासानाले स्थानिय देखि पर्यटकसम्मका मानिसहरु समेत तर्सित भएका थिए।

फोहोर व्यवस्थापन गर्ने जटायु रिसाइकलर्स प्रा.लि. र कोहलपुर नगरपालिका बिच रकम भुक्तानीको विषयमा कुरा नमिल्दा विवाद भएपछी फोहोर व्यवस्थापनमा समस्या देखिएको हो।

कोहलपुर नगरपालिकमा आज शनिबार बसेको बैठकले नगरपालिका भित्र अब्यबस्थित रुपमा थुप्रिएको फोहोरलाई कोहलपुर नगरपालिकाको सरस्वती सामाुदायिक बनमा फोहोर ब्यबस्थापनको लागी उपयुक्त स्थान भएको नगर प्रमुख लुट वहादुर रावतले बताएका छन्।

नगर प्रमुख रावतका अनुसार, करिब दुइ साता देखि विभित कारण फोहोर उठन नसक्दा कोहलपुरमा फोहोरका थुप्राहरु देखिन थाले पछि सामाजिक सन्जालमा समेत यसको आलोचना हुदै आईरहेकोले फोहोरको व्यवस्थापनका लागि आज शनिवार बैठकमा छलफल गरिएको बताए।

आज भएको छलफलमा फोहोर ब्यवस्थापनको जिम्मा पाएको जुटायुको बिषयमा नगरपालिकाबाट भएका सम्झौतामा नगरपालिका चुकेको साथै अब फोहोर ब्यवस्थापनको लागी दिर्घकालिन समाधानको लागी नगरपालिकाले कदम चाल्ने नगर प्रमुख रावतले जनाएका छन्।

नगर प्रमुख रावतले भने, ‘सरस्वती सामुदायिक वनसँग समन्वय गरी मासिक १ लाख सम्म दिएर भोलि देखि कोहलपुरमा फोहोरको ब्यवस्थापन हुने बताएका छन्।’

आज बसेको बैठकमा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा समाजबादी, कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, ईलाका प्रसाशन कार्यालयका प्रतिनीधिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय