
५ चैत,
बाँके : बाँकेको नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहबाट प्रतिबन्धित लागु औषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, दाङको तुलसीपुर उप-महानगरपालिका वडा नम्बर १८ मा बस्ने २२ वर्षीय बिकाश बि.क रहेको प्रहरीले जनाएको छ।



प्रहरीका अनुसार, भारत देखि नेपाल आउदै गरेका बि.क. लाई जमुनाह भन्सारमा चेकजाँच गर्ने क्रमममा उनले कम्मरमा लुकाई छिपाई गरी नेपालमा प्रतिबन्धित ट्रमाण्डो नामक ८०० ट्याब्लेटसहित बि.कलाई प्रहरीले पक्राउ हो।
पक्राउ परेका बि.क. लाई थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ।