४ चैत,
सल्यान : सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ७ स्थित घुईयाबारिमा नेपाली काँग्रेसको `घर-घर जाऔं, कांग्रेस जिताऔं´ अभियान’ कार्यक्रम सम्पन्न गरिएको छ।

नेपाली कांग्रेस प्रदेश सभा ख (२) का सभापतिको सभा अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभाका सदस्य नेत्रलाल पौडेलको, जिल्ला सदस्य सनत कुमार शर्मा, काशिमाया राना, तर्क बहादुर थापा, कमला अघिकारी, गिता कुमारी बुढा मगरको उपस्थिति रहेको थियो।

त्यसैगरी, प्रदेश सदस्यहरुमा कालिमाटी गाउँपालिकाका नेपाली काँग्रेसबाट निर्वाचित वडा नम्बर ७ का वडा अध्यक्ष नैनसिंह राना, उप सभापति मोहन महतारा, मैसरी खत्री, गाउँ कार्य समितिका सभापति टोप बहादुर के.सि, वडा सभापति भरत पुन, कालिमाटी गाउँपालिकाका युवा नेता पुर्ण ब खत्री र तरुण दल कालिमाटीका अध्यक्ष गगन कंवर लगाएतका युवा नेताहरुको उपस्थिति रहेको उप-सभापति मोहन महताराले जानकारी दिएका छन्।

उप-सभापति महातारका अनुसार, कार्यक्रममा नेपाली कांग्रेसका निर्वाचित वडा अध्यक्ष लागाएत सबै अग्रज नेताहरुले आ-आफ्नो मन्तव्य (भनाई) राखिएको बताए। यद्यपी आउने निर्वाचनमा जनताहरुको फुल समर्थनका साथ् बहुमुल्य भोट दिएर पुन: कांग्रेसकै स्थानिय सरकार बनाउन अनुरोध समेत गरेका छन्।

नेपाली कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म एक महिने `घर-घर जाऔं, कांग्रेस जिताऔं´ अभियान चलाएको छ। अभियानकै लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको प्रवक्ता प्रकाश शरण महतले जानकारी गराएका छन् ।

प्रवक्ता महतका अनुसार ‘सबैको काँधमा भारी, सबैको काँधमा जिम्मेवारी’ भन्ने नारासहित सबै नेता, कार्यकर्तालाई जिम्मेवारी दिएको बताए। यद्यपी ७७ वटै जिल्लामा कार्यसमिति बैठक बसेर अभियानको कार्यक्रमलाई पूर्ण रुपमा सफल गराउन बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय