४ चैत,

बाँके : बाँकेको राप्तिसोनारी गाउँपालिकामा नेकपा एमालेका कमिटि अध्यक्ष कमरेड मनोज के.सी. को व्यक्तिगत (दश लाख) बराबरको लगानिमा शिव मन्दिर बनेको छ।

राप्तीसोनारी गाउपालीका वडा नं २ वनदेवी सामुदायिक वन उपभोक्तास्थित वेलवासमा अध्यक्ष के.सि. को व्यक्तिगत (एकल) लगानीमा शिव मन्दिर बनाएको हो। यस अघि वडा नम्बर ७ मा रहेका दुई चर्चित पर्ख्यात पोखरा माता मन्दिरमा ८००० र राधा कृष्ण मन्दिरमा २००० गरी दश हजार इट्टा व्यक्तिगत तर्फबाट दुबै मन्दिरका लागि सहयोग गरिएको स्थानिय बासिन्दाहरुले जानकारी दिएका छन् ।

स्थानीयका अनुसार, पालिकामा हाल सम्म कुनै पार्टीका नेताहरुले आफ्नो व्यक्तिगत तर्फबाट सहयोग नगरिएको बताए। यद्यपी आउने निर्वाचनमा स्थानीय सरकार नेकपा एमालेको हुने बताएका छन्।

पालिका कमिटि अध्यक्ष कमरेड मनोज के.सी. भनछन्, “गाउँ, सहरमा गएर कार्यक्रमका बिच ठुला-ठुला भासन दिएर जनताहरुलाई आसवासन देखाउनुमा र आसवासन देखाएर जनताहरुका आवश्यकतालाई मध्यनजर गर्दै समाधान गर्नुमा धेरै फरक रहेको बताए।” यद्यपी आउने निर्वाचनमा नेकपा एमालेको सरकारलाई स्थानीय सरकार बनाउन फुल समर्थनका साथ् बहुमुल्य भोट दिएर जिताउन अनुरोध समेत गरेका छन्। ‘नेकपा एमालेको स्थानिय सरकारले एकपटकको मात्रै भाग हेरेको छैन, जनताहरुको समर्थन भए आउने निर्वाचनमा मात्रै नभएर सबै निर्वाचनमा एमालेकै सरकार हुन्छ ।’ “उनले भने”

नेकपा एमालेको कमिटि विस्तार कार्यक्रमका बिच स्थानिय जनताहरुमा गरिएका सम्बोधनलाई क्रमवद्ध सम्पूर्ण कार्यहरु पुरा गरिएको अध्यक्ष कमरेड मनोज के.सी ले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय