
३ चैत,
बाँके : बाँकेको राप्तिसोनारी गाउँपालिकाका कमिटी अध्यक्ष कमरेड मनोज के.सि द्वारा दुई मन्दिरका लागि 10 हजार ईट्टा सहयोग गरिएको कमरेड के.सि. ले बताएका छन् ।
अध्यक्ष के.सि. का अनुसार, राप्तिसोनारि गाउँपालिका वडा नम्बर ७ मा रहेका दुई चर्चित पर्ख्यात पोखरा माता मन्दिरमा ८००० र राधा कृष्ण मन्दिरमा २००० इट्टा व्यक्तिगत तर्फबाट दुबै मन्दिर मर्मतका लागि सहयोग गरिएको बताए ।



नेकपा एमाले राप्तिसोनारी गाउँपालिकाका अध्यक्ष के.सिको काम र सक्रियतालाई देखेर स्थानीय जनताहरु समेत खुशी भएको उनले बताएका छन् ।
पालिकामा नेकपा एमालेको टोल कमिटी विस्तार गर्ने क्रममा जनताहरुको आवश्यकतालाई मध्यनजर गर्दै पार्टीको तर्फबाट होस अथवा व्यक्तिगत तर्फबाट होस जनताहरुका लागि फुल समर्थन गरिने “उनले भने”
अध्यक्ष कमरेड मनोज के.सि. ले पालिकामा भएका कार्यक्रमहरुमा सम्बोधन गर्दै सम्पुर्ण स्थानीय बासिन्दालाई भने, ‘स्थानीय जनताले विभिन्न समस्याहरुबाट कठिनाइ भोग्दै आएका साथै अन्य पार्टीहरुले पूरा नगरिएका आसवासनलाई नेकपा एमालेले पूरा गर्ने बताएका छन् ।’ साथै आउने निर्वाचनमा भव्य, सव्यका साथ एमालेलाई बिजय गराई स्थानीय सरकार बनाउन सहयोग गर्न अनुरोध समेत गरेका छन् ।