२ चैत,
बाँके : बाँकेको जमुनाह नाकाहुदै भन्सार छली भित्र्याएको अवैध समानहरु बाँके प्रहरीले बरामद गरेको छ।

नेपालगंज उप-महानगरपालिका १० ट्राफिक चोक नजिकैबाट भन्सार छली ल्याउदै गरेको अवैध लत्ता कपडा र हार्डवेयरका सामानहरु करिव अन्दाजी मुल्य ३,४४,९०० बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, बाँकेको जमुनाहा भन्सार हुदै दैनिक करौडौको समान भित्रिने भएको हुदा कतिपय समानहरु भन्सार नगरी भित्र्याएका सबै समान चेक जाँच गरेर अवैध समान बरामद गरिरहेको बताएको छ।

बरामद गरिएका अवैध समान आवश्यक थप कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय