१ चैत,
बाँके : नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) पार्टी कार्यालय नेपालगन्जमा अनेरास्ववियु बाँके जिल्ला कमिटीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार बिहान १० बजेदेखि दिनेश के.सि. को अध्यक्षतामा सुरु गरिएको रक्तदान कार्यक्रममा १०९ प्वाइन्ट ब्लड संकलन भएको अनेरास्ववियु बाँकेका उपाध्यक्ष बिकल भट्टराईले जानकारी दिएका छन्।

उपाध्यक्ष भट्टराईका अनुसार, कोभिड १९ र बाढी पीडित लगाएतका अन्य बिरामीहरुलाई देशभर रगतको अभाव हुन नदिन अनेरास्ववियु बाँके जिल्ला कमिटीले कार्यक्रम आयोजना गरेको उनले बताए । भट्टराई भनछन्, ‘रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रमलाई आ-आफ्नो क्षेत्रबाट सबैले एक साथ सहयोग गर्न र गरिदिन अनुरोध समेत गरेका छन्।

अनेरास्ववियु जिल्ला बाँके कमिटी जनजीविकाको सवालमा सधै लागिरहने भएकाले यो त्यसैको निरन्तरतामा रक्तदान कार्यक्रम गरिएको भट्टराईले बताए ।

कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय सचिब सुर्य रोकाय, विशिष्ट अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके ईन्चार्ज सुर्य ढकाल लगायतका युवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय