
३० फागुन,
उदयपुरमा बिहेको जन्ती बोकेको टिपर सिन्धुलीको दुधौली नगरपालिका–५ सिथौली र खनिया खण्डको तेस्रो पुलमा पल्टिँदा २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। दुर्घटनामा उदयपुरको कटारी नगरपालिका-२ का १९ वर्षीय दीपेन्द्र कुमाल र २४ वर्षीय अजय दनुवारको मृत्यु भएको हो।
बिहेको जन्ती बोकेको ना ३ ख ७४९० नम्बरको टिपर पल्टिँदा २४ जना जन्ती घाइते भएका छन्। घाइतेमध्ये ४ जना सिकिस्त रहेको प्रहरीले जनाएको छ।



सिकिस्त चारै जनालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेको विराटनगर, कटारी र जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार, छिमेकी जिल्ला सिन्धुलीको बाणेगाउँबाट जन्ती लिएर कटारीतर्फ आउँदै गरेको टिपर दुर्घटनामा परेको जनाएको छ। जन्तीलाई टिपरमा पठाएर बेहुलाबेहुली भने अर्कै गाडीमा आएका थिए। टिपरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।