
२८ फागुन,
बाँके : बाँकेको कोहलपुरस्थित सिद्धिविनायक वन उपभोक्ता पिक्निक पार्कमा राष्ट्रिय युवा संघ नेपाल कोहलपुर नगर कमिटीको प्रथम ऐतिहासिक नगर अधिवेशन तथा वनभोज कार्यक्रम समापन भएको छ। यस कार्यक्रमको आयोजक: राष्ट्रिय युवा संघ नेपाल कोहलपुर नगर कमिटि बाँकेले शनिवार १० बजेदेखि शुभारम्भ गरेको हो।
राष्ट्रिय युवा संघ नेपाल कोहलपुर नगर कमिटिका अधक्ष्य कमरेड काशिराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके ईन्चार्ज कमरेड सुर्य ढकाल र विशिष्ट अतिथिमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य बाँके ईन्चार्ज कमरेड खेमराज शर्मा, नेकपा एमालेका केन्द्रिय सदस्य कमरेड खडक बहादुर खड्का र नेकपा एमाले लुम्बिनी प्रदेशकी उप-सचिव दुर्गा प्रशाद चौधरी सहभागी भएका थिए।



त्यसैगरी पार्टी कमिटी सदस्यहरुमा, आरति पौडेल, प्रेम भुषाल, पुजन वि.क, हरि भक्त अधिकारी, गोपाल गिरी, नरेन्द्र शर्मा, होम प्रकाश सुवेदी, वसन्ती अधिकारी, सुरेन्द्र बहादुर थापा, हरिभक्त अधिकारी, धनानाथ खनाल, नेकपा एमाले बाँकेका नेता कमरेड बलराम भट्टराई र नेकपा एमाले कोहलपुर नगर कमिटीका अधक्ष्य कमरेड खिल प्रशाद भुषालको समेत उपस्थिति रहेको थियो।
त्यसैगरी नेकपा एमाले बाँके जिल्ला कमिटीका उप-सचिव कमरेड दिपक शर्मा, कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत, अनेरास्ववियुका केन्द्रिय कमिटि सचिव कमरेड सुर्य रोकाय, सचिवालय सदस्य मोहित शाह, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य कुश्माखर वस्याल, दिपेन्द्र लामा, ‘कालु’ राष्ट्रिय युवा संघ नेपालका बाँके जिल्ला कमिटि संयोजक कमरेड ज्ञानेन्द्र वली, अखिल नेपाल किशान महासंघका केन्द्रिय सदस्य कमरेड रुद्र प्रशाद खनाल लगाएतका अन्य युवाहरुको ठुलो मात्रामा सहभागी रहेको थियो।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य बाँके ईन्चार्ज कमरेड खेमराज शर्माका अनुसार, राष्ट्रिय युवा संघ नेपाल कोहलपुर नगर कमिटीको प्रथम ऐतिहासिक नगर अधिवेशन तथा वनभोज कार्यक्रममा नेकपा माओवादी लगाएत अन्य पार्टी परित्याग गरी एकैदिन ३५० भन्दा धेरै ले नेकपा एमाले पार्टीमा प्रवेश गरेको बताएका छन्।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके ईन्चार्ज कमरेड सुर्य ढकालका अनुसार, नेकपा एमालेलाई मन पराएर नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर निकै बढिरहेको जानकारी दिएका छन्। नेपाली काँग्रेस, नेकपा माओवादी र राप्रपा नेपाल जस्ता पार्टीहरु परित्याग गरेर नेकपा एमाले प्रवेश गरिरहेका छन्। “उनले भने”
कमरेड ढकाल भनछन्, “नेपालमा ७७ वटै जिल्लाहरु ७५३ ओटा पालिकाहरु र ६७३४ ओटा वडाहरुमा नेकपा एमाले पार्टीमा प्रवेश गर्नेहरुको लहर चलिरहदा आफु यस पार्टीमा बाँके जिल्लाको ईन्चार्ज भएर जिम्मेवारी बहन गर्दा खुशी समेत व्यक्त गरेका छन्।” बाँकेमा नेकपा एमाले पार्टीमा प्रवेश गरेका सम्पूर्ण नवनिर्वाचित कमरेडहरु लगाएत युवाहरु सबैलाई पालिका र वडाहरुमा आ-आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने साथै जिम्मेवारी दिएको बताए।
नेकपा एमाले पार्टीमा प्रवेश गरेका सम्पूर्ण युवा कमरेडहरु सबैलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके ईन्चार्ज कमरेड सुर्य ढकालले पार्टीमा स्वागत गरी बधाई तथा कार्यकालको शुभकामना समेत दिएका छन्।
राष्ट्रिय युवा संघ नेपाल कोहलपुर नगर कमिटीको प्रथम ऐतिहासिक नगर अधिवेशन तथा वनभोज कार्यक्रमा लिएका केहि दृश्यहरु


























