२७ फागुन,
संखुवासभामा कीर्ते गरेर जग्गा जालसाजीको आरोपमा भोटखोला ४ का वडाध्यक्ष किङ्साङ भोटेसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

७५ वर्षीय वृद्धालाई ललाइफकाइ गरेर जग्गा पास गरेको आरोपमा प्रहरीले अन्य ६ जनालाई पनि पक्राउ गरेको छ। पक्राउ परेका वडाध्यक्ष भोटेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका अन्यको भने नाम खुलाइएको छैन। भोटेसहित ७ जनालाई जग्गा कीर्ते गरेको आरोप लागेको छ।

उनीहरूले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने २७ रोपनी जग्गा १ लाख दिएर पास गरेको बताइएको छ। पक्राउ परेका आरोपीहरूलाई शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताइएको छ। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय