२६ फागुन,
बर्दिया : बर्दियाको हाटबजारबाट घाँटीमा लगाएको सुनको सिक्री चोरेर भाग्दै गरेका दुईजना युवालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा, पर्साको रानीघाट नगरपालिका २० मा बस्ने २१ वर्षीय राकेश सिंह राठौर र सोहि ठाउँका १८ वर्षीय साहिल राई रहेको जिल्ला प्रहरी कार्यालय बर्दिया जनाएको छ।

प्रहरीका अनुसार,बर्दियाको बढैयाताल गाउँपालिका ८ शितलबजारस्थित हाटबजारमा कण्ठपुरकी स्थानीय ४८ वर्षिया ईन्दिरा राना भाटले फलफुल तरकारी किन्दै गरेको अवस्थामा अज्ञात २ जना युवाले घाँटीमा लगाएको सुनको सिक्री तानेर भागेका थिए। चोरी गरी भाग्दै गरेको अवस्थामा पर्साका दुईजना युवालाई प्रहरी चौकी शितलाबजारबाट प्रहरीले सुनको सिक्री सहित पक्राउ गरेको छ।

पक्राउ परेका दुईजनालाई जिल्ला प्रहरी कार्यालय बर्दियाले कसूर मुद्दामा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय