
२५ फागुन,
नेपाली कांग्रेसले फागुन २९ देखि सुरु हुने स्थानीय तह निर्वाचन अभियानबारे योजना सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा `घर-घर जाऔं, कांग्रेस जिताऔं´ अभियानको पूर्णपाठ सार्वजनिक गरिएको प्रवक्ता प्रकाश शरण महतले जानकारी गराएका छन् ।
प्रवक्ता महतका अनुसार ‘सबैको काँधमा भारी, सबैको काँधमा जिम्मेवारी’ भन्ने नारासहित सबै नेता, कार्यकर्तालाई जिम्मेवारी दिइने पनि बताए । फागुन २९ देखि चैत २९ सम्म चल्ने अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको उनले बताए । यद्यपी बिहीबार वा शुक्रबारसम्म जिल्ला-जिल्ला पुग्ने जनाउँदै प्रवक्ता महतले २७ फागुनमा ७७ वटै जिल्ला कार्यसमिति बैठक बसेर अभियानको कार्यक्रम तयारी गर्ने बताएका छन् ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबिनै आयोजना गरिएको पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्देम्बे सहभागी थिए । रासस