
२४ फागुन,
बाँके : बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेकपा एमाले पार्टीको १५ दिने टोल कमिटी गठनमा विभिन्न ठाउँहरुमा वृदा आमा, बुबा देखि युवाहरुको उपस्थितिमा कार्याक्रम समापन गरिएको छ। टोल कमिटी भेलामा नेपाली कांग्रेस, नेकपा (माउवादी) केन्द्र लगाएतका अन्य पार्टी परित्याग नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्।
एमाले पार्टीमा प्रवेश गरेका सम्पूर्णलाई कार्यकालको शुभकामना दिई राप्तीसोनारीमा अघिल्नो स्थानिय चुनावको भन्दा यस पटक निकै बलियो टोल कमिटी गठन गरिएको नेकपा एमालेका जिल्ला कमिटी सदस्य कमरेड पदम ओलीले जानकारी दिए । कमरेड ओली भनछन्, “अघिल्लो चुनावमा भन्दा अहिले जनता सजक र सत्रक भइसके अब जनताहरू भावनात्मक रूपले आकर्षक गर्न सक्ने स्थिति नभएको बताए।”



पार्टीको १५ दिने टोल कमिटी विस्तारमा पालिका कमिटी अध्यक्ष कमरेड मनोज के.सी जिल्ला कमिटी सदस्य कमरेड थान बहादुर वि.क राप्तिसोनारी १ न. वार्ड कमिटीका अध्यक्ष यम बहादुर खड्का, नेकपा एमालेबाट जनप्रतिनिधि जितेकी यम कुमारी वलिको उपस्थिति रहेको थियो।
त्यसैगरी युवाहरु देखि युबा नरेन्द्र लामिछाने, युबा नेता तथा मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सदसय खडक राना (बुदे), राष्ट्रीय युबा संगठन १ न. वार्ड का कमिटी अध्यक्ष रमेश बस्नेत लगाएतका अन्य युवा नेताहरुको उपस्थिति रहेको युवा संघका अध्यक्ष कमरेड रमेश बस्नेतले बताएका छन्। पालिका कमिटी सदस्यहरू दीपक कुमाल (मोटे), दीपक वली, लगायतका युवा नेताहरुको बाक्लो उपस्थिति रहेको पालिका किसान संघका सचिव झग्गु वलीले जानकारी गराएका छन्।
राप्तिसोनारी गाउँपालिकाका कमिटी अध्यक्ष मनोज के.सी भनछन्, “आफू पालिकाको अध्यक्ष भइसके पश्चात पालिकामा कमिटी निकै चलायमान, युवा नेताहरुको सक्रियता राम्रो बढेको र संगठन मजबूत रहेको जानकारी गराए।”
कमरेड के.सीका अनुसार जनताले अभियानका क्रममा देखाएको सक्रियता, चासो र सहभागिता देख्दा पार्टीले जित्ने निस्चित देखिएको उनले बताए। उनले थप जानकारी गराउँदै भने, हामी आउँदो स्थानिय चुनावमा १ न. पार्टी बन्छौं श्रदया कमरेड के.पी. ओलीले आफ्नो सरकार हुँदा ल्याएका राष्ट्रीय गौरवका धेरै योजना ,सुकुम्बासी लगायतका समस्याहरु अधुरो रहेको छन् अब ती सबै कामहरु हाम्रै पार्टीको नेतृत्वमा हामीले गर्ने आश्वासन दिएका छन्।