२४ फागुन,
बाँके : नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँचोकमा मोटरसाइकलको ठक्करबाट चेकिङमा खटीएका एक प्रहरी कर्मचारीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा बर्दिया बाँसगढी नगरपालिका–६ घर भइ अस्थाई प्रहरी बिट राझाँमा कार्यरत प्रहरी हबल्दार ३६ वर्षीय भुपेन्द्र शाही रहेका छन्। गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएका बर्दियाकै बारबर्दिया नगरपालिका ७ घर भइ अस्थाई प्रहरी बिट राझाँमै कार्यरत प्रहरी जवान ३५ वर्षीय नरेश चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ।

गएराति ९ बजे ट्राफिक प्रहरी र उनीहरुसहितको टोलीले सवारी साधन चेकजाँच गर्दै गर्दा भे १० प ४७ ५७ नम्बरको मोटरसाइकलले उनीहरुलाई ठक्कर दिएको हो। मोटरसाइकलसहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय