२३ फागुन,
बाँके : बाँकेमा लागू औषध र अटोमेटिक पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा, बाँकेको खजुरा गाउँपालिका १ स्थित बहादुरपुरमा बस्ने २५ वर्षीय रबिन्द्र थापा, खजुरा गाउँपालिका २ मा बस्ने २७ वर्षीय मनिष थापा र नेपालगन्ज उप-महानगरपालिका १३ स्थित भृकुटीनगरमा बस्ने २८ वर्षीय सुरेश रोका मगर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी मधुसुधन न्यौपानेले जानकारी दिएका छन्।

सूचना अधिकारीका अनुसार, रबिन्द्र थापाले आफ्नै घरमा लामो समयदेखि लागू औषध ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरी टोलीले खान तलासी गर्दा थापाको घरबाट ९० ग्राम लागू औषध ब्राउनसुगर र अटोमेटिक पेस्तोल सहित फेला पारी प्रहरीले पक्राउ गरेको छ।

थापासँग कारोबारमा संग्लन रहेका मनिष थापा र सुरेश रोका मगर सहित तिनै जनालाई पक्राउ गरी आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय