२२ फागुन,
बाँके : बाँकेको राप्तिसोनारी गाउँपालिका १ स्थित चुनाहामा नेकपा एमालेको टोल कमिटी विस्तार गर्ने क्रममा जनताहरुको आकर्षक उपस्तिथि बिच एक औपचारीक कार्याक्रम समापन भएको छ ।
राप्तिसोनारी गाउँपालिकाका कमिटी अध्यक्ष कमरेड मनोज के.सि. को प्रमुख अतिथिको अध्यक्षतामा बसेको टोल कमिटी बैठकमा नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्यता लिएका आशाराम खुना, कमल बि.क. लगाएत ४५ जना अन्य पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । आशाराम खुनालाई उपस्थित जनसमुदायको समर्थनमा टोल कमिटी अध्यक्षको जिम्मेवारी समेत दिएको छ ।
नवनिर्वाचित अध्यक्ष खुनाका अनुसार, नेपाली काङ्ग्रेसलाई विगतको स्थानीय सरकारको निर्वाचनमा हामी सबै टोलबासिहरु एकजुट एकमुख भएर भरिपुर्ण साथ दिएका थियौं । “उनले भने” अध्यक्ष खुना भनछन्, “नेपाली काङ्ग्रेसले स्थानीय जनताहरुलाई दिएको आसवासन पूरा नभएको साथै काङ्ग्रेस पार्टी पूंजीवादी र धनाडेहरुले सर्वाहारा वर्गको भावनामा माथी खेलबाड गरेको आक्रोश हुदै बताए ।”
नेकपा एमालेमा प्रवेश गरेका टोल कमिटीका अध्यक्ष आशाराम खुनाले आउने निर्वाचनमा नेकपा एमालेलाई पुर्ण समर्थन गरि आफ्नो अमुल्य मतको दुरुपयोग नगरी स्थानीय सरकार बनाउन उपस्थित सम्पुर्ण टोल बासिहरुलाई आग्रह समेत गरेका छन् ।
पालिकाका कमिटी अध्यक्ष कमरेड मनोज के.सि. ले सम्बोधन गर्दै सम्पुर्ण स्थानीय बासिन्दाहरुलाई भने,’स्थानीय जनताले विभिन्न समस्याहरुबाट कठिनाइ भोग्दै आएका साथै अन्य पार्टीहरुले पूरा नगरिएका आसवासनलाई नेकपा एमालेले पूरा गर्ने बताएका छन् ।’ साथै आउने निर्वाचनमा भव्य, सव्यका साथ एमालेलाई बिजय गराई स्थानीय सरकार बनाउन सहयोग गर्न अनुरोध समेत गतेका छन् ।
मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सदस्य कमरेड खड्क राना (बुदे) ले युवाहरुलाई सम्बोधन गर्दै भने, ‘वार्डमा खेलाडीहरुको कमि रहेकोले युवा साथीहरूलाई खेलप्रति रुचि राख्न समेत आग्रह गरेका छन् ।’ साथै कमरेड बुदेले खेलाडीहरुलाई आवश्यक पर्ने सामाग्री फाउन्डेसनको तर्फबाट उपलब्ध गराउने वाचा गरेका छन् ।
उक्त टोल कमिटी कार्याक्रममा राप्तिसोनारी गाउँपालिका १ नम्बर वडा कमिटीका अध्यक्ष कमरेड यम बहादुर खड्का, जिल्ला कमिटी सदस्य पदम वलि, भरत बुढाथोकी, र युवासंघका अध्यक्ष रमेश बस्नेत लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।