२० फागुन,
बाँके : नेपाली कांग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौंडेल निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी बादशाह कुर्मीलाई ९७ मतले पराजित गर्दै गौंडेल सभापतिमा निर्वाचित भएका हुन् ।

बिहीबार तीन उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत नपाएकाले सभापतिका लागि शुक्रबार पुन: मतदान गरिएको हो । गौंडेलले ७ सय ६० र कुर्मीले ६ सय ६३ मत प्राप्त गरेका हुन् ।

सभापतिको दोस्रो चरणको मतदानमा कुल १ हजार ४ सय ३९ मत खसेको थियो । मतदानमा १६ मत बदर भएको छ । कांग्रेसको १४ औं जिल्ला अधिवेशनका लागि कुल १ हजार ४ सय ९३ मतदाता थिए । बिहीबार भने १ हजार ४ सय ४५ मत खसेको थियो । बिहीबार खसेको १ हजार ४ सय ४५ मतमध्ये नारायणप्रसाद गौंडेलले ५ सय ६९, बादशाह कुर्मीले ५ सय ३८ र सुरेन्द्र हमालले ३ सय १४ मत ल्याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय