१८ फागुन,
बाँके : बाँकेको विभिन्न पालिकाहरुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १५ दिने टोल कमिटी विस्तार तथा प्रशिक्षण कार्याक्रम सुरु गरेको छ। पार्टीले आफ्नो संगठन तथा भातृ संगठनहरु त्यसैगरी जनवर्गीय संगठन विस्तार गर्दै जनताको ठुलो विश्वासनीय पार्टी बन्दै गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा बाँकेका पार्टी ईन्चार्ज कमरेड सुर्य ढकालले बताएका छन् ।

बाँकेका पार्टी इन्चार्ज कमरेड सुर्य ढकाल भन्छन् “जनताको विश्वास, युवाहरूको सक्रियता र जनचाहाना भएकाले बाँकेमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बैशाख ३० गते हुने निर्वाचनमा धेरै पालिकाहरुमा अग्रस्थान हासिल गर्ने बताएका छन् ।”

कमरेड ढकालका अनुसार, बाँकेमा अन्य पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गर्ने यूवाहरुको निकै क्रेज बढ्दो क्रम रहेको उनले बताए।

त्यसैगरी कोहलपुर नगर कमिटीका अध्यक्ष लोक प्रिय नेता कमरेड खिल प्रसाद भुसाल भन्छन्, “मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएपछी एमसीसी जस्तो राष्ट्रघाती अनुदान तथा ऋण सम्झौता गरेर कुख्यात काम वर्तमान सरकारले गरेको कमरेड भुसालले बताएका छन्।” जनताको सार्वभौम सत्तामा खेल्दै संसदबाट गठबन्धन सरकारले प्रतीपक्ष र जनताको भावनामाथी खेलबाड गरी पुर्ण ढंगबाट नालायक निर्णय गरियो, “उनले भने”

अहिलेको निवर्तमान सरकारले नेपालको कानुन भन्दा माथि रहेर एमसीसी संसदबाट पास गरी नेपालको कानुन निलमबन गरेको साथै नेपालको लेखा प्रणाली अथवा नेपालले अडिड गर्न नपाउने भन्ने जस्ता विषयहरुमा पार्टीको विशेष धारणा रहेको बताएका छन्। एमसीसी ल्याउने, टेबल गर्ने, पास गर्ने अन्य पार्टीहरु तर एमालेको भूमिका कहाँ छ? एमालेलाई झुस्नु पर्ने कारण के हो? नेपालको राष्ट्रिय हित विपरीत नेपाली राष्ट्रिय स्वार्थ भन्दा बाहिर पट्टि अथवा देशको कुनैपनि सार्वसत्तामाथि दखल पुग्ने गरी निर्णय गर्न मिल्दैन “नेकपा एमाले” ले त्यसको विरुद्ध सधै विरोध प्रदशन गरिरहने बताएका छन्।

अधक्ष्य रमरेड भुसालका अनुसार, आउदो निर्वाचनमा जनताले त्यो समेतलाई मुल्यांकन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई अत्याधिक बहुमतले विजय गराउनु हुनेछ भन्ने भरिपुर्ण विश्वास लिएको बताए। यद्यपी युवा साथीहरूले अहिलेको प्रस्थिती र जनताको मागलाई मध्यनजर गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गर्नेहरुको निकै क्रेज बढ्दो क्रम रहेको बताएका छन्।

अधक्ष्य रमरेड भुसाल भनछन्, “आगामी आउने निर्वाचनलाई सफल बनाउन जनताको ठुलो भूमिका रहेको छ, जनता भन्दा ठुलो केही पनि छैन र जनताले जुन स्थानमा पार्टीलाई राख्नु हुन्छ हामि त्यस स्थानमा बस्न तयार छौँ।” “उनले भने”

अन्तत: जनताले पार्टीलाई ‘सत्ता पक्षमा राखे सत्ता पक्षमा’ ‘प्रतिपक्षमा राखे प्रतिपक्षमा’ तर हामि निरन्तर पार्टीको तर्फबाट जनताको जनजिविका सवाल र आधारभूत आवश्यकता लडाईमा सधै अगाडी बढीराख्ने बताएका छन्। अहिले देशको हालत र माहुल हेर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ‘देशको नम्बर एक पहिलो पार्टी हुन्छ’ हामि विशोस्त छौं’ “उनले भने”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय