
१७ फागुन,
नेपाल आयल निगमले मंगलबार एक सूचना जारी गर्दै भारतीय आयल निगमबाट पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको जानकारी दिएको छ।
फेब्रुअरी १६ को भन्दा आज मार्च १ तारिखमा प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलमा ३ रुपैयाँ ८९ पैसा, डिजेलमा ३ रुपैयाँ ८ पैसा, मट्टितेलमा १० रुपैयाँ ३० पैसा र एलपी ग्यास ९९ सय रुपैयाँ १७ पैसाले सबैको बढेर आएको निगमले उल्लेख गरेको छ।



निगमका अनुसार मूल्य नबढाउने हो भने आगामी १५ दिनमा ३ अर्ब ९ करोड रुपैयाँ घाटा हुने निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए।
उनका अनुसार चालू आर्थिक वर्षको हालसम्म निगमले २८ अर्ब नोक्सानी व्यहोरिसकेको छ।
