१७ फागुन,
सल्यान : सल्यानमा अवैध काठ सहित ट्याक्टर प्रहरीले पक्राउ गरेको छ।
सल्यानको शारदा नगरपालिका वडा नं. १३ संघारस्थित नजिकै रहेको प्रहरी चौकी भोटेचौरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रा१त २४३८ र रा१त २०२२ नम्बरका दुईओटा ट्याक्टरलाई रोकी चेकजाँच गर्दा सोहि ट्याक्टरको ढालामा राखी मसिनो दाउराले छोपेर ल्याएको ९५ क्यु फिट काठ र चालकसहित ट्याक्टर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। पक्राउ परेका चालकहरुको नाम, ठेगाना प्रहरीले खुलाएको छैन छ।
अवैध काठ र ट्याक्टरसहित चालकहरुलाई नियन्त्रणमा लिई आवश्यक थप कारवाहीको लागि डिभिजन वन कार्यालय सल्यान पठाइएको प्रहरीले जानकारी दिएको छ।