१६ फागुन,
बाँके : मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएपछी एमसीसीको विरोधमा रहेका विप्लव नेतृत्वको नेकपासहितका ८ दलहरुले आज देशभर बन्दको घोषणा गरेका हुन।

सरकारले एमसीसी पारित गर्नको लागि लामो समयदेखि दुख: कष्टसहित लागि परिरहेको छ। अन्तत: एमसीसी संसदबाट टेबल भएर अनुमोदन समेत भैसकेको सबै नेपालीलाई अबगत थाहा नै छ। सोही एमसीसी पारित गर्न नदिनको लागि विप्लव नेतृत्वसहितका अन्य युवा नेता दलहरुले पटक-पटक विरोध प्रदशन गरी नेपाल बन्द गरिरहेका छन्। यद्यपी देशभर बन्दको प्रभाव सिधा-साधा जनताहरु र साना-ठुला व्यापारीहरु माथि ठुलो प्रभाव परेको व्यापारीले बागेश्वोरी खबर मिडियासँग बताएका छन् ।

बाँकेका केही स्थानीय व्यापारीसँग बागेश्वोरी खबरका संचारकर्मीले सोधपुछ गर्दा स्थानीय व्यापारी भनछन्, “कोभिड १९ कोरोना भाईरस संक्रमणले हामि सबै व्यापारीलाई उठी बास लगाएको छ र लगाएको थियो।” नेपालमा कोरोना भाईरस संक्रमणदर कम भएपछी पुन: व्यापारमा कमव्याक भएका थियौं ! तर फेरी “आईलाग्नेमा, जाईलाग्ने” भन्या जस्तै, “राष्ट्रघाती (एमसीसी) ले नेपाल प्रवेश गरेदेखि आजका दिनसम्म अथवा दिन प्रतिदिन एमसीसी विरोध गर्नेहरु रोड उत्रिएपछि नेपाल बन्द भैरहदा व्यापारी माथि ठुलो प्रभावै-प्रभाव परेको बताएका छन्।”

कोहलपुर नगरपालिका वडा नं ११ मा बस्ने स्थानीय व्यापारी बिनोद चौधरी भनछन्, “एमसीसीले सबै नेपालिलाई प्रभाव पारेको छ र पार्ने छ, तर सम्बन्धित निकायले यसको चाँडै टुंगो लगाउन जरुरि देखिएको बागेश्वोरी खबर मिडियाका संचारकर्मीसँग बताएका छन्। दिन प्रतिदिन यसरी नेपाल बन्द भएपछी हामि व्यापारी रोडपति हुने स्थिति रहेको समेत बताए। हामि व्यापारीले व्यापार गरेर सरकारलाई कर नतिरेपछि राष्ट्र सेवक कर्मचारी देखि लिएर भ्रष्टचारी नेताहरु समेत भोक-भोकै रहने “उनले भने”

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गरेपछी यसको छिटो-भन्दा छिटो टुंगो लगाउन अत्यन्तै जरुरि देखिएको स्थानिय व्यापारी बिनोद चौधरीले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय