१६ फागुन,
बाँके : बाँकेको कोहलपुर चौराहमा आन्दोलनकारी र कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी बिच केही भनासुनी विवाद भएको छ । आन्दोलनकारिहरुले जथाभावी सवारी साधन रोकेर सोधपुछ गर्दा यस्तो नगर्न र सवारी साधन साईड लगाएर सोधपुछ गर्नुहोस् भन्दा प्रमुख डिएसपी बिच केही समय विवाद भएको हो ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएपछी एमसीसीको विरोधमा रहेका विप्लव नेतृत्वको नेकपासहितका ८ दलको बन्दको प्रभाव कोहलपुरमा चौराहमा परेको छ ।
प्रहरीले बन्दकर्ताबाट हुनसक्ने गतिविधिलाई रोक्न कोहलपुरमा सुरक्षा कडा बनाएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपीले जनाएका छन् ।
आन्दोलनकारी र डिएसपी बिचको विवाद भिडियो तल दिएको लिंक खोलेर हेर्नुहोस्
https://www.facebook.com/100030306033395/videos/460337865792464/