१५ फागुन,
बर्दिया : बर्दियामा स्थानिय नेता नैन बहादुर खत्रीद्वारा बासगढी नगरपालिकाका कर्मचारी लेखा अधिकृत यज्ञ पौडेल कुटिएका छन । पौडेललाई उनको कार्यक्षमा गएर कुटपिट गरी बेहोस समेंत भएको अधिकृत पौडेलले बताएका छन ।

अधिकृत पौडेलका अनुसार, बासगढी नगरपालिका अन्तरगर्त वडा नम्बर ३ मा कर्मचारि अभाब भएका कारण मेयर कै ठाडो आदेशमा अधिकृत भएता पनि वडा सचिवमा केही सम्मको लागि जिम्मेवारी सम्हालेको बताए।

वडा को जिम्मेवारी सम्हालेका पौडेलले केही समयमा नै स्थानीय नेता नैन बहादुर खत्रीले एक बच्चाको जन्मदर्ता गराउन आएको बताइएको छ । कुटिएका अधिकृत पिडित पौडेल भनछन्, “पहिला नै जन्म दर्ता बनाएको रहेछ अहिले आएर पुन: आमाको नाम र बच्चाको नाम परिवर्तन गर्न लागि मैले नमिल्ने र जटिल प्रकृतिको देखिएकोले नगरपालिकाको कार्यालयमा नै जान अनुरोध गरेको बताए ।” नेता खत्रीले भने, मैले भनेसी खुरुक्क गर्न ! भन्दै मुक्काले टाउकोमा गहिरो चोट पर्ने गरि हानेको पौडेल बताउछन ।

त्यस अघि पनि ग्राबेल र ढुङ्गा गिटिको ठेक्का माग्न आउने गरेको र अधिकृत पौडेलले प्रक्रिया नपुगेको काम मैले नगर्ने भने पछि पहिलेबाट नै रिस-राग रहेको र अहिले आएर अनावश्यक बहाना बनाइ हात पात गरेको पिडित पौडेलले बताए । यसरि राष्ट्रसेवक कर्मचारिको कार्यक्षमा मै हातपात हुदा जिल्ला प्रशासन कार्यालय मौन बसेको छ ।

बासगढी ईलाका प्रहरी कार्यालयका अनुसार अनुसन्धान अघि बढाएको र यस बिषयको वास्तविकता बुझ्न नेता खत्री लाइ फोन सम्पर्क गर्दा उनको फोन अफ गरिएकाले सम्पर्क हुन नसकेको जनाएको छ ।

यस बिषयम प्रहरी/प्रशासन चनाखो भइ अनुसन्धान गर्न जरुरी छ भने जो कोहि पीडित भएता पनि पीडितले न्याय र दोषी कार्बाहीको दायरामा ल्याउन आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय