१४ फागुन,
दाङ : दाङमा प्रतिबन्धित दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा, रोल्पाको सुनिलस्मृति गाउँपालिका ७ मा बस्ने ३२ वर्षीय राम बहादुर थापा, लुङग्री गाउँपालिका ३ मा बस्ने २० वर्षीय रुपक खड्का र सुनछहरी गाउँपालिका ७ मा बस्ने १९ वर्षीय राम कुमार पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश प्रशाद काफ्लेले जानकारी दिएका छन्।

एसपी काफ्लेका अनुसार, प्रतिबन्धित बन्यजन्तु रेडपाण्डाको छाला पहाडी क्षेत्रबाट ल्याई बिक्री बितरणका लागि काठमाण्डौंतिर लैजादै गरेको बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको संयुक्त प्रहरी टोलीले दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङमा चेकजाँच गर्दा प्रतिबन्धित दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला ५ थान सहित ३ जनालाई फेला पारी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका ३ जनालाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय