१४ फागुन,
बाँके : अनेरास्ववियु बाँकेको प्रथम पूर्ण बैठक नेपालगन्ज पार्टी कार्यालयमा समापन गरिएको छ।

आज शनिवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) नेपालगन्ज पार्टी कार्यालयमा बसेको बैठकले नवनिर्वाचित पदाधिकारीहरु चयन गरी विभिन्न निर्णयहरु समेत गरिएको अनेरास्ववियु बाँकेका उपाध्यक्ष बिकल भट्टराईले जानकारी दिएका छन्।

उपाध्यक्ष भट्टराईका अनुसार, माध्यमिक, उच्च माध्यमिक र क्याम्पसहरुमा चैत मसान्तभित्र संगठन गरिने, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन द्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान गरिने, चैत १ गते रक्तदान कार्यक्रमसहित १२ गते प्रशिक्षण समेत गरिने जस्ता निर्णयहरु गरिएको बताए ।

बैठकमा सचिव प्रकाश बि.क, कोषाध्यक्ष बिनय कुमार यादव, सह-सचिव रोशन शाही ठकुरी, सह-सचिवमै बिकाश बिक्रम के.सी, निरुता वली लगाएतका सम्पुर्ण नवनिर्वाचित यूवा नेताहरुलाई बधाई एवम सफल कार्यकालको शुभकामना समेत दिएको अनेरास्ववियु बाँकेका उपाध्यक्ष बिकल भट्टराईले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय