१२ फागुन,
बाँके : बाँकेको नेपालगन्जस्थित जमुनाह बोर्डरबाट ३ के.जी लागू औषध चरेस सहित तिनजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा, सुर्खेतको सिम्ता गाउँपालिका ४ मा बस्ने ४० वर्षीय बिरेन्द्र हमाल सोहि ठाउँमा बस्ने ३८ वर्षिया दिपा बुढा र जाजरकोट सिवालय गाउँपालिका २ मा बस्ने २३ वर्षिया खिमा घर्ति क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रहरीका अनुसार, विहिबार करिव २ बजेको समयमा नेपालगंजबाट रुपैडिया तर्फ पैदल यात्रा गरेर गइरहेका बिरेन्द्र हमाल, दिपा बुढा र खिमा घर्तीलाई संकासपद भई प्रहरीले चेक जाँच गर्दा झोला भित्र पत्रिकामा राखेको ८ पोका, तौल गर्दा ३ के.जी. लागू औषध चरेससहित फेला पारी तिनजनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका तीनजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको बाँके प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय