१० फागुन,
नेपालमा पनि अबदेखि ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत चेकजाँज गरी लाइसेन्स सक्कली वा नक्कली के हो तत्कालै पत्ता लगाउन सक्ने भएको छ ।
यातायात व्यवस्थापन विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न ‘लाइसेन्स भेरिफिकेसन मोबाइल एप्स’ विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमान्डौलाई यो मोबाइल एप्स हस्तान्तरण गरिसकेको छ ।
यसअघि लाइसेन्स प्रमाणीकरणका लागि कुनै पनि प्रविधि थिएन । जसका कारण शंकास्पद लाइसेन्स चेकजाँचका लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था थियो । यो समाचार राजधानी दैनिकमा छ ।