८ फागुन,
सल्यान : सल्यानमा हावाहुरीले छाना उडाएको र कक्षा कोठा खाल्डाखुल्डी परेको लामो समयसम्म मर्मत हुन नसकेका दुई विद्यालय मर्मत भएका छन्।
शारदा नगरपालिका १० स्थित पैयाखर्कमा रहेको जनता प्राथमिक विद्यालय र वडा नम्बर ९ मा रहेको कृष्ण आधारभूत विद्यालयलाई शारदा नगरपालिकाले मर्मत गरिदिएको छ। केहि महिना अघि विद्यालयको अवस्था बिजोग भन्ने समाचार सार्वजनिक भएपछी यी दुई विद्यालयलाई नगरपालिकाद्वारा मर्मत गरिएको हो।
कृष्ण आधारभूत विद्यालयमा खाल्डाखुल्डी परेको र जनता प्राथमिक विद्यालयको छाना हावाहुरीले उडाएको दुइ वर्ष हुँदा पनि मर्मत हुन सकेको थिएन। यस्तै विद्यार्थी बस्ने बेञ्च पनि थिएनन्। समाचार सार्वजनिक भएपछि दुवै विद्यालयमा छाना र भुई मर्मत गरिएको छ भने बस्ने बेञ्चको पनि व्यवस्था गरिएको छ। रासस