८ फागुन,
दाङ : दाङमा श्रीमतीले अवैध प्रेम सम्बन्धमा परी आफ्नै श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीसहित २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा, दाङको राप्ती गाउँपालिका ३ स्थित वसन्तपुरमा बस्ने ५० वर्षीया उमादेवी चौधरी सोहि ठाउँमा बस्ने ५२ वर्षीय हनुमान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

प्रहरीका अनुसार, राप्ती गाउँपालिका ३ स्थित वसन्तपुरमा बस्ने अन्दाजी ५४ वर्षीय लप्टेन चौधरी फागुन १ गते काम गर्न गएका थिए। काम गर्न गएका चौधरी घर नफर्किएपछी उनकी श्रीमती देवी चौधरीले खोजतलास गर्दा कही कतै फेला नपरेकोले खोजतलास गरी पाउँ भनि फागुन ५ गते प्रहरीलाई जानकारी दिएकी हुन्। प्रहरीलाई जानकारी दिए पश्चात लप्टेन चौधरी दाङको गढवा गाँउपालीका २ कोठरीस्थित राप्ती नदीमा मृत फेला परेको दाङ प्रहरीले जनाएको छ।

घटना शंकाष्पद भएको भन्दै ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा मृतकको छिमेकीमा सोधपुछ गर्दा मृतक लप्टेन चौधरी र उनकी श्रीमती देवी चौधरी बिचको सम्बन्ध लामो समय देखी बिग्रिएकोले श्रीमती देवी चौधरीलाई प्रहरीले सोधपुछ गर्दा दाङको राप्ती गाँउपालिका ३ स्थित मसुरियामा हनुमान चौधरीसंग अवैध प्रेम सम्बन्ध भएको प्रहरीले जनाएको छ।

प्रहरीको अनुसन्धानका अनुसार, मृतक लप्टेन चौधरीलाई उनकी श्रीमती देवी चौधरी र प्रेम सम्बन्धमा परेका हनुमान चौधरी दुबैले योजनावद्ध मारिएको प्रहरीले बताएको छ। प्रेम सम्बन्धमा परेका दुबैजनाले लप्टेन चौधरीलाई हत्या गरी राप्ती नदीमा फालेको प्रारम्भिक सोधपुछको क्रममा खुलाएको प्रहरीले जनाएको छ।
मृतककि श्रीमती देवी चौधरी र प्रेम सम्बन्धमा परेका हनुमान चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय