६ फागुन,
दाङ : दाङमा सासुको हत्या गरेको आरोपमा छिमेकीसहित बुहारीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा, घोराही उप-महानगरपालिका १९ स्थित खानीगाउँकी २३ वर्षीया बुहारी बसन्ती घर्ती र सोही ठाउँकी छिमेकी २२ वर्षीया दुर्गा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
प्रहरीका अनुसार, ५५ वर्षीया सासु इन्द्रकुमारी घर्ती र बुहारी बसन्तीबीच घरायसी विवादका कारण बुहारीले सासुको टाउकोमा काठको मुंग्रोले हिर्काई हत्या गरिएको जनाएको छ। सासु इन्द्रकुमारी रातिसम्म पनि घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्दै जाँदा बिहीबार बिहान करिब ८ बजेतिर घरनजिकै रहेको खोल्सामा मृत फेला परेको प्रहरीले जनाएको छ।
पुरा जानकारीको लागि यो लिंक खोलेर हेर्नुहोस्