५ फागुन,
काठमाण्डौ : सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दुई घण्टासम्म छलफल गर्दा पनि एमसीसीबारे सत्ता गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
निर्णायक छलफलका लागि विहीबार साँझ पाँच बजेदेखि सुरु भएको थियो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू लगाएतका अन्य नेताहरु सहभागी भएका थिए ।
एमसीसी पास गर्न सत्ता साझेदार दलहरु तयार नदेखिएपछि प्रधानमन्त्री देउवा केपी ओलीलाई गुहार्न बालकोट पुगेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले ट्वीटरमा लेखेका छन् । सत्ता गठबन्धन एमसीसी पारित नहुने भएपछि फुटउन्मुख भएको छ।