३ माघ,
बाँके : बाँकेको कोहलपुरमा गएको हप्ता विहिवार देखि आज मंगलवार सम्म रोडमा थुप्रिएको फोहोर नउठ्दा हेरिनसक्नु भएको छ।

फोहोर व्यवस्थापन गर्ने जटायु रिसाइकलर्स प्रा.लि. र कोहलपुर नगरपालिका बिच रकम भुक्तानीको विषयमा कुरा नमिल्दा विवाद भएपछी फोहोर व्यवस्थापनमा समस्या देखिएको छ।

कोहलपुर नगरपालिकासँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै जटायुले बजार क्षेत्रबाट विहिबार देखि फोहोर उठाउन छोडिसकेको जटायु रिसाइकलर्सका सञ्चालक नरेश बिसीले जनाएका छन् । संचालक बि.सी भनछन्, “२०७७ असार २६ गते नगरको फोहोर व्यवस्थापनका लागि कोहलपुर नगरपालिकाले जटायु रिसाइकलर्ससँग सम्झौता गरेको थियो तर अहिले नगरपालिकाले सम्झौता कार्यान्वयन नगर्दा आफूहरु समस्यामा परेको बताए।”

जटायु रिसाइकलर्स प्रा.लि ले कोहलपुर नगरपालिकालेसँग पटक-पटक रकम भुक्तानीको विषयमा कुराकानी गर्दासमेत सहमति हुन नसकेपछि फोहोर उठाउन नै रोक्नु परेको उनी संचालक बि.सीले जानकारी दिएका छन्।

संचालक बि.सीका अनुसार, जटायु रिसाइकलर्स प्रा.लि र कोहलपुर नगरपालिका बिच सम्झौता भए अनुसार फोहोर प्रशोधन गर्ने मेसिन खरिदका लागि ४० लाख रुपैयाँ माग गरेको बताए। नगरपालिकाले भने, बैंकमा धरौटी राख्नुपर्ने वा टेण्डर खोले मात्र रकम दिने बताइएको छ। सोहि रकमको बारेमा पटक-पटक जटायु रिसाइकलर्स र कोहलपुर नगरपालिकाबीच छलफल हुँदासमेत सहमति हुन नसक्दा बजारमा फोहोर थुप्रिएको हो,’उनले भने’

फोहोर व्यवस्थापनका लागि नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने संस्थालाई रकम उपलब्ध गराउने सम्झौतामा पत्रमा उल्लेख छ। तर उक्त सम्झौतामा नगरपालिकाले कसरी उपलब्ध गराउने भन्ने विषय स्पष्ट खुलाइएको नखुलाएको संचालक बि.सीले बताए।

कोहलपुर नगरपालिकासँग भएको सम्झौताअनुसार जटायु रिसाइकलर्सले नगर क्षेत्रभित्रको फोहोर व्यवस्थापन गर्ने गरेको छ । सम्झौता गरेका दुवै पक्षबीच नै विवाद भएपछि फोहोर सडक भरि हुँदा कोहलपुरमा दुर्गन्ध फैलिएको छ । ‘बजारमा जता हेरे पनि रोड भरि फोहोर मात्रै देखिएको छ।

कोहलपुरका स्थानीय भनछन्, “जटायु रिसाइकलर्स प्रा.लि विच सहमति नभएको भन्दैमा हप्ता-महिना दिन सम्म यसरि फोहोर थुप्रिनु सम्बन्धित प्राशनको एकदमै ठुलो गलत काम भएको बताएका छन्।” यस विषयमा सम्बन्धित निकायाको विशेष ध्यानाआकर्षण हुन एकदमै जरुरि देखिएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय