२ माघ,
सल्यान : सल्यानको कालिमाटी गाउँपालिका स्थित घुईयाबारिमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थी छन् तर शिक्षक/शिक्षिकाहरुको उपस्थिति छैन, शिक्षक/शिक्षिकाहरु सबैजना घरमा बसेर लकडाउनको सदुपयोग गरिरहेका छन्।

सरकारले कोभिड १९ कोरोना भाईरसलाई न्यूनीकरण गर्नको लागि सामुदायिक विद्यालय देखि संस्थागत सम्पूर्ण विद्यालयहरुको पठनपाठन बन्द गरेको थियो। बन्दाबन्दिका कारण विद्यार्थीहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै लामो समयपछि सरकारले पुन: स्वास्थ्य मापदण्डको पालाना गरि फागुन १ गतेबाट सम्पूर्ण विद्यालयहरु संचालन गर्न आदेश दिएको हो।

सरकारले विद्यालय संचालन गर्ने आदेश दिएपछी देशभरका विद्यालय संचालन गरी पठनपाठन पुन: सुरु गरेका छन्। विद्यालय संचालनमा आएपछि विद्यार्थीहरु पढ्नको लागि विद्यालय पुगेका छन् तर शिक्षकहरु भने घरमै बसेर बन्दाबन्दिको सदुपयोग गरिरहेका छन्।

यसै घटनाको सन्दर्वमा भएको वास्तविक घटना सल्यानको कालिमाटी गाउँपालिका वडा नं ७ स्थित घुईयाबारिमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीहरु पढ्नको लागि विद्यालय पुगेका छन् तर शिक्षकहरुको उपस्थिति नभएपछि विद्यार्थीहरुको भविष्य माथि खेलबाड भएको भन्दै घुईयाबारिका स्थानियले बागेश्वोरी खबर मिडियालाई जानकारी दिएका छन्।

स्थानीयका अनुसार, घुईयाबारीको विद्यालयमा राजनीतिक र विद्यार्थीहरुको भविष्य माथि खेलबाड गर्ने काम बाहेक अरु कुनैपनि काम नभएको बताएका छन्। केही विद्यार्थी युवा नेता भनछन्, “यस ठाउँमा जो कोहि स्थानिय सरकार आएपनि सबैले गरे जस्तो गरेर सिधा-साधा जनताहरुलाई आँखामा छारो हालेर भ्रस्टाचार मात्रै गरेको बताएका छन्।”

सोहि विद्यालयमा भएको घटनाको बारेमा सत्य तथ्य बुझ्नको लागि बागेश्वोरी खबरका संचारकर्मीले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राम बहादुर बुढा सँग फोन सम्बाद गरेका छन्।

अध्यक्ष राम बहादुर बुढाका अनुसार, फागुन १ गतेबाट विद्यालयको सम्पूर्ण पठनपाठन संचालन हुदा पनि शिक्षकहरुको उपस्थिति नभएको बताएका छन्। अध्यक्ष बुढा भनछन्, “विद्यालयमा शिक्षक/शिक्षिका गरी जम्मा १३ जना रहेको बताए।” तर विद्यालयमा भने, २ जना शिक्षकको मात्रै उपस्थिति रहेको बताए।” यद्यपी विद्यालयमा जिम्मेवारी पदमा बसेकी प्रधानाध्यापक लक्ष्मी डाँगीको समेत उपस्थिति नरहेको अध्यक्ष बुढाले जानकारी दिएका छन्।

अध्यक्ष बुढा भनछन्, “विद्यालयमा पटक-पटक अनुगमनमा जाँदा २ जना शिक्षकको मात्रै उपस्थिति रहेको र प्रा.वि. देखि नि.मा.वि सम्मका शिक्षक/शिक्षिकाको उपस्थिति नरहेको बताए।” यस विषयमा सम्बन्धित निकायले सत्य तथ्य बुझी थप अनुसन्धान र कारवाही गर्न जरुरि देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय