२ फागुन,
दाङमा मास्क नलगाई सवारी साधन चलाउने र हिडुल गर्ने व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले “तपाईको मास्क खोई” ? अभियान सुरु गरी सबैलाई मास्क वितरण गरेको छ।
दाङको घोराही उप-महानगरपालिका वडा नं १४ निमाहलस्थित मेन रोडमा कोभिड-१९ को जोखिम न्यूनिकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.ली का कर्मचारी र दाङ प्रहरीले “तपाईको मास्क खोई” ? अभियान चलाई मास्क नलगाएर हिडुल गर्ने सबैलाई मास्क वितरण गरि कार्यक्रम संम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
दाङ प्रहरीका अनुसार, समुदाय प्रहरी साझेदारी कार्यक्रम बमोजिम कोभिड-१९ को जोखिम न्यूनिकरण गर्ने उदेश्यका साथ “तपाईको मास्क खोई” ? अभियान सुरु गरेर जनताहरुलाई सचेत समेत रहन जानकारी दिएको बताएको छ।