२९ माघ,
बाँके : बाँकेमा राष्ट्रिय युवा संघ नेपालले आफ्नो संगठनलाई वडा स्तर सम्म परिचालन गर्ने भएको छ। आज शनिवार कोहलपुर नगरपालिका वडा नं ८ मा राष्ट्रिय युवा संघ नेपालले प्रथम वडा अधिवेशन मार्फत कमिटी विस्तार गरेको हो।

आयोजक राष्ट्रिय युवा संघ नेपालले सुरेन्द्र वलीको अध्यक्षतामा वडा स्तरीय युवा संघ विस्तार गरेको हो । वलीको अध्यक्षतामा भएको प्रथम वडा अधिवेशनमा ३५ सदस्य कार्य समिति चयन भएका छन्। वली भनछन्, “नेकपा एमाले निकट युवाहरुको बलियो संगठन बनाउने बताए।”

प्रथम वडा अधिवेशनमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा बाँकेका इन्चार्ज खेमराज शर्मा, नेकपा एमालेका नगर अध्यक्ष खिल प्रसाद भूसाल, कोहलपुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष रेशम खत्री लगाएत अन्य युवा नेताहरुको उपस्थिति रहेको थियो।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा बाँकेका इन्चार्ज खेमराज शर्मा भनछन्, “स्थानीय तहको निर्वाचनमा गठबन्धन मोर्चा लाई एमालेले चुनौति दिने भन्दै चुनावमा केन्द्रित हुन र आवश्यक परे देश र जनताका लागि बलिदान समेत दिइने युवाहरुलाई निर्देशन समेत दिएका छन।”

नेकपा एमालेका नगर अध्यक्ष खिल प्रसाद भूसाल भनछन्, “वैशाखमा हुने निर्वाचनमा सबै युवाहरुका मुद्धा स्वरोगार नीति लाई कार्यान्वय तह सम्म लैजानका निम्ति फेरी पनि एमालेको सरकार आवश्यक रहेको साथै नगर सरकारले ल्याएका नीतिलाई कार्यान्वयन गर्नका लागि पनि एमालेको नेतृत्व आवश्यक रहेको बताएका छन।” अध्यक्ष भुसालले नव निर्वाचित अध्यक्ष लगायत सम्पूर्ण कार्य सदस्य समितिहरुलाई बधाई तथा आगामी चुनावको जिम्मेवारी समेत दिएका छन्।

यसैगरी, बैजनाथ गाउँपालिका वडा नं ४ मा रास्ट्रिय युवा संघ नेपालले वडा कमिटी विस्तार गरेको छ। भरत बि.क को अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरी सम्पूर्ण सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको अधक्ष्य भरत बि.कले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय