
२७ माघ,
सल्यान : सल्यानको कालिमाटी गाउँपालिकामा रहेको नेपाल बंगलादेश बैंकमा सामाजिक सुरक्षा भत्ता बुझ्न गएका वृद्धाहरु घन्टौं लाईनमा बस्दा पनि भत्ता नपाएपछि खाली हात घर फर्किएका छन् ।
कोभिड १९ को तेस्रो लहर बढेसँगै नेपाल बंगलादेश बैंकको शाखा कार्यालय कालिमाटीमा भएपछी सल्यानका स्थानीयलाई सुरक्षा भत्ता लिनको लागि सहज भएको स्थानीयले बताएका छन्।



स्थानीयका अनुसार, सामाजिक सुरक्षा भत्ता असार देखि नपाएपछि, यस पटक पाउदा वृद्धाहरु खुसि भएका हुन्। कोरोनाको डर त्रास नभनेर निकै भिडभाडमा घन्टौ लाईनमा बस्दा पनि बैंकमा नेट नचलेपछी कारोबार सबै रोकिएको बैंकका कर्मचारीले जनाएका छन्। बैंकका कर्मचारी भनछन्, “नेटले काम नगरेपछी सिस्टममा कुनैपनि काम हुन नसक्दा सबै कारोबार रोकिएको बताएका छन्।”
लामो समय देखि रोकिएको सामाजिक सुरक्षा भत्ता बैंकमा आएपछी वृद्द, बुढा, अपाङ्ग, जेष्ठ नागरिक, एकल महिलाहरु लगाएतका सबै वृद्धाहरु खाई नखाई भोकै रहेर घन्टौ लाईनमा बस्दा पनि भत्ता नपाएपछी खालि हात घर फर्किएको गुणासो गरेका छन्। भत्ता बुझ्न गएका वृद्धाहरु भनछन्, “सरसापटी, ऋण कारेर, भत्ता बुझ्न आएका थियौँ, अब घर फर्किने गाडी भाडा समेत नभएको बताएका छन्।
यसैगरी कालिमाटी गाउँपालिका घुईयाबारीमा आएका विभिन्न योजनाका उपभोक्ता समुहहरुले गाउँपालिकाबाट हुने सबै कारोबारहरु यसै बैंक मार्फत हुने भएकाले बैंकमा नेटको समस्याका कारण कुनैपनि कार्य गर्न असमर्थ भएपछी समूहका सम्पूर्ण उपभोक्ताहरु रित्तो हात घर फर्किएको गुणासो गरेका छन्। समूहका उपभोक्ताहरु भनछन्, “महङ्गो भाडा तिरेर घुईयाबारी देखि बबई, छिन्चु, बटेचौर, काल्चे हुदै कालिमाटीसम्म गएका थियौं तर कुनैपनि काम सफल नभएपछी घर फर्कने गाडी भाडा समेत नहुदा पैदल यात्रा गरेर आउन बाध्य भएको बताएका छन्।