२७ माघ,
बाँके : अनेरास्ववियु बाँकेको जिल्ला अधिवेशन फागुन १ गते जिल्ला पार्टी कार्यालय नेपालगन्जमा हुने भएको छ।

नेकपा एमालेका इन्चार्ज सुर्य ढकाल निबर्तमान अध्यक्ष निरक गुरुङ एवम अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश सचीव मोहित शाहको नेतृत्वमा बसेको बैठकले यहि फागुन १ गते अनेरास्ववियु बाँकेको जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको अनेरास्ववियु बाँकेका उपाध्यक्ष बिकल भट्टराईले जानकारी दिएका छन्।

उपाध्यक्ष भट्टराईका अनुसार, आज माघ २७ गते विहिबार नेकपा एमाले जिल्ला पार्टी कार्यालय नेपालगन्जमा बसेको बैठकमा नेकपा एमालेका नेता भिम ओलि, दत्त प्रसाद आचार्य र केन्द्रिय सदस्य सुमन घिमिरे लगायतका युवा नेताहरुको उपस्थिति रहेकाे बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय