२५ माघ,
दाङ : दाङको घोराही उप-महानगरपालिका १४ बसपार्कबाट लागु औषध चरेश ७ के.जी ७७९ ग्राम सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा, रुकुमको भूमे गाँउपालिका ०९ चुनबाङमा घर भई हाल दाङको उप-महानगरपालिका १४ नयाँ बसपार्कमा बस्ने ५० वर्षीय दल बहादुर कामि र सोहि रुकुमै घर भएका हाल दाङको उप-महानगरपालिका १८ गिठेपानीमा बस्ने ५९ वर्षीय कर्ण बहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

दाङ प्रहरीका अनुसार, दल बहादुर कामीले आफ्नो कोठामा लागु औषध (चरेश) लुकाई छिपाई राखेका छन भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले कोठा भित्र खानतलासी गर्दा कोठाबाट प्लाष्टिकको बोरा भित्र हरियो पोलिथिनमा र सानो कार्टुन भित्र पोका पारी राखिएको अवस्थामा १६ पिस नाप तौल गर्दा ७ के.जी ७७९ ग्राम लागु औषध चरेससहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ। सोहि लागु औषध कारोबारमा संलग्न कर्ण बहादुर पुनलाई समेत पक्राउ गरिएको छ।

पक्राउ परेका दुबै जना माथि आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय