२५ माघ,
बाँके : बाँकेको नेपालगंज उप-महानगरपालिका १६ सुइयाबाट भन्सार छलि भित्र्याएको अवैध सामान जमुनाह प्रहरीद्वारा बरामद गरिएको छ।
बरामद गरिएको अवैध सामानमा बाल वालिकाहरुको ज्याकेट, टिसर्ट, धोती, कूर्ति लगायतका वेवारिसे लत्ताकपडा बरामद गरिएको ईलाका प्रहरी कार्यालय जमुनाहाले जानकारी दिएको छ।
प्रहरीका अनुसार, करिव एक लाख ३३ हजार ७६० रुपैयाँ मूल्य बराबरको लत्ता कपडासहितको सामान बरामद भएको जनाएको छ। बरामद गरिएको सामान थप कारवाहीका लागि भन्सार कार्यालय बाँकेको जिम्मा लगाइएको छ ।