
२४ माघ,
बर्दिया : बर्दियामा मोटरसाईकल चोरीमा संलग्न रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा, बर्दियाको बारबर्दिया नगरपालिका २ मा बस्ने विशाल थापा सोहि ठाउँमा बस्ने बिक्रम विश्वकर्मा, सुरेन्द्र बि.क र सागर परियार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।



प्रहरीका अनुसार, बर्दियाको बारबर्दिया नगरपालिका ३ मा बस्ने महेश चौधरीको घरबाटै भे. ७ प. ६६२५ नं. को कालो रङ्गको प्लाटिना मोटरसाईकल चोरी भएको भन्ने सुचनाको आधारमा मोटरसाईकल खोजतलास गर्ने क्रममा बर्दियाको बारबर्दिया नगरपालिका -०२ मा बस्ने बिशाल थापाले चलाईरहेको भे ४ प ३१२४ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकल लेखिएको नम्बरको नभई चोरी भएको भे ७ प ६६२५ नम्बरको नै रहेको प्रहरीले जानकारी दिएको छ।
मोटरसाईकल चोरी गरी नक्कली नम्बरको प्लेट राखी चलाएका बिशाल थापालाई नियन्त्रणमा लिई सोधपुछ पश्चात सो कार्यमा संलग्न थप ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका ४ जनालाई जिल्ला अदालत बर्दियामा रहेको गुलरियाबाट चोरी सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरीले जनाएको छ।