२३ माघ,
दाङ : दाङमा पेस्तोल आकारको आगो बाल्ने लाईटर र अन्य हात हतियार देखाएर स्थानीयलाई धम्काउने, डर त्रास देखाउने ७ जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा, दाङको तुलसीपुर उप-महानगरपालिका ९ मा बस्ने २५ वर्षीय सन्तोष बस्याल, सोहि ठाउँमा बस्ने १६ वर्षीय मनोज बि.क, २३ वर्षीय पोषण ओली, १७ वर्षीय बिबेक बस्नेत, २१ वर्षीय अजिल मिया, २१ वर्षीय केतु ओली र १८ वर्षीय मोहन बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन्।

एसपी काफ्लेका अनुसार, दाङको तुलसीपुर उप-महानगरपालिका ३ भ्युडर स्थित एक खाली घरमा मादक पदार्थ रक्सी सेवन गरी पेस्तोल आकारको आगो बाल्ने लाईटर र हसीया, बन्चरो देखाएर स्थानिय बासीन्दाहरुलाई धम्काउने, डर त्रास देखाउने जस्ता जघन्य अपराध गरेको सुचनाको आधारमा दाङबाट खटिएको प्रहरी टोलीले ७ जनालाई पक्राउ गरेको बताए।

पक्राउ परेका ७ जनालाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान भईरहेको प्रमुख एसपी काफ्लेले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय