२१ माघ,
बाँके : बाँकेको नेपालगन्जमा रहेको एक घरबाट लागु औषध ब्राउन सुगर र नगद रुपैयाँसहित ३ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा, नेपालगंज उप-महानगरपालिका ७ मा बस्ने २८ वर्षीय आदित्य श्रेष्ठ, सोहि ठाउँमा बस्ने २६ वर्षीय अंकित श्रेष्ठ र सुर्खेतको बिरेन्द्र नगरपालिका ६ मा बस्ने ३८ वर्षीय गणेश भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन्।

एसपी अधिकारीका अनुसार, नेपालगंजमा बस्ने आदित्य श्रेष्ठको घरमा लागू औषध ब्राउन सुगर ल्याई बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगंज र लागू औषध नियन्त्रण ब्युरो नेपालगंजबाट खटिएको प्रहरी टोलिले घर कोठा खानतलासी गर्दा श्रेष्ठको घरबाट ३० ग्राम ब्राउन सुगरसहित श्रेष्ठका साथमा रहेका अंकित श्रेष्ठलाई प्रहरीले पक्राउ गरिएको बताए। उनीहरुको संगलतामा रहेका सुर्खेतमा गणेश भण्डारीको साथबाट १ लाख ३४ हजार नगद रुपैयासहित तिन जनालाई प्रहरीले पक्राउ गरी आवश्यक थप अनुसन्धान भईरहेको प्रमुख एसपी अधिकारीले जानकारी दिए।

त्यसैगरी, जुम्लाको चन्द्रनाथ गाउपालिका ५ मा बस्ने २५ वर्षीय राजेन्द्र सुनार लागू औषध कारोबार मुद्दामा फरार भएकालाई बाँके प्रहरीले पुन: पक्राउ गरेको छ। उनलाई लागु औषध कारोबार मुद्दामा बाँके जिल्ला अदालतले मिति २०७७।१२।२५ गतेको फैसालाले २ बर्ष २ महिना २७ दिन कैद र रु २५०० जरिवाना तोकेको थियो।

सुनार हालसम्म फरार रहि बाँकेको खजुरा गाउपालिका ६ सिमलघारी स्थित लुकिछिपि बसि रहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई जिल्ला अदालतमा बाँकेमा बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय