
१८ माघ,
बाँके : बाँकेको जमुनाह नाका हुदै भारत तर्फ लैजादै गरेको अवैध सुपारी सहित दुईजना युवक पक्राउ परेका छन्।



माघ १८ गते मंगलबार बाँकेको नेपालगंज उप-महानगरपालिका १० स्थित भे १ ह १८२४ र भे १ स १२१९ नं.को अटो रिक्साको डिकीमा लुकाई छिपाई गरी भारत तर्फ लैजादै गरेको अन्दाजी मुल्य रू २,०६,५०० रुपैया बराबरको अवैध सुपारी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा, रुपैडिहामा बस्ने ईरफान राई र सोहि ठाउँमा बस्ने मोहम्मद सई रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जनाएका छन्।
एसपी अधिकारीका अनुसार, नेपालबाट दुई ओटा अटो रिक्सामा राखि भारत तर्फ लैजादै गरेको अवस्थामा चेक जाज गर्ने क्रममा फेला पारी पक्राउ गरिएको बताए।
पक्राउ परेका दुबै जनालाई अटो रिक्सा सहित आवश्यक थप कारवाहीको लागी भन्सार कार्यालय, नेपालगंज पठाईएको जनाएका छन् ।