१५ माघ,
नवलपरासीको बर्दघाट सामुदायिक जङ्गलमा पोथी पाटेबाघ मृत अवस्थामा फेला परेको छ। बर्दघाट नगरपालिका १६ स्थित दाउन्नेदेवी सामुदायिक वनमा फेला परेको डिभिजन वन कार्यालय नवलपरासीले जनाएको छ।

डिभिजन नवलपरासीका अनुसार, जङ्गलमा तस्करीहरुले बाघलाई तारको पासोमा पारेर गोली हानी हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। डिभिजन वन कार्यालय भन्छ, “घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।”

घाँस, दाउरा काट्न सामुदायिक वनमा गएका स्थानीयले मृत बाघ देखेपछि वन कार्यालयमा खबर गरेका थिए । बाघको १ सय ५० किलोग्राम बाघ साढे ७ फिट लम्बाई र साढे ३ फिट उचाई रहेको डिभिजन वन कार्यालय नवलपरासीले जनाएको छ। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय