११ माघ,
बाँके : बाँकेको नेपालगन्ज विमानस्थलबाट लागु औषध चरेस सहित १ जना महिलालाई बाँके प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा, कालिकोटको तिलगुफा गाउपालिका वडा नं ७ बस्ने ५० वर्षीय कृष्णकला शाही रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
प्रहरीका अनुसार, मंगलबार अन्दाजी १ :३० बजेको समयमा बाँकेको नेपालगन्ज उप-महानगरपालिका २० राझाँस्थित विमानस्थलबाट काठमाण्डौका लागि उड्दै गरेको बुद्ध एयरको जहाजमा चढ्न लागेकी कृष्णकला शाहीलाई चेकजाँच गर्ने क्रममा ३३ ग्राम लागु औषध चरेस फेला पारी प्रहरीले पक्राउ गरिएको जनाएको छ।
पक्राउ परेकी कृष्णकला शाहीलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ ।
त्यसैगरी, नेपालगन्ज उप-महानगरपालिका २१ पुरैनीबाट खटिएको प्रहरी टोलीले २७ वर्षीय अनबर अलीलाई चेकजाँच गर्दा अलिको खल्तीबाट ४ ओटा पुडियामा रहेको २ ग्राम ५०० मिलि ग्राम लागु औषध ब्राउन सुगर फेला पारी प्रहरीले पक्राउ गरेको बताएको छ। अलिले लुकाई छिपाई गरेर लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका अलीलाई नियन्त्रंणमा लिई आवश्यक थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।